७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम जारी



काठमाडौं, साउन १० गते । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम जारी छ । पोस्टमार्टमका लागि तीन टोली खटिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागले जनाएको छ ।

पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन् । एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा चार घन्टा लाग्ने बताइएको छ । सबैको पोस्टमार्टम गरेर भोलि सम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोस्टमार्टममा सहभागी एक चिकित्सकले बताउनुभयो ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १२ : ०५ बजे