६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज



काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । पदभन्दा आकांक्षी बढी भएपछि केन्द्रीय सदस्य चयन गर्न एकीकृत समाजवादीलाई सकस परेको छ ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा नामावली पठाएका छन् । प्रदेशको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर केन्द्रीय सदस्य चयन गरिने नेताहरूले बताएका छन् । २९९ सदस्यीय केन्द्रीय कमिटी हुनुपर्नेमा महाधिवेशनले ९३ सदस्य मात्र निर्वाचित गरेको थियो ।

प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व, महिला ३३ प्रतिशत र युवा २० प्रतिशत प्रतिनिधित्व गराउने एकीकृत समाजवादीको विधान रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १२ : १२ बजे