काठमाडौँ, साउन १० गते । भारतको बेंगालुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागि पसलको भित्तोमा ड्रिलिङ गरिरहेको आरोपमा चारजना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही भएको जनाइएको छ । उनीहरु गए राति १:१५ बजे सो पसलमा पुगेका थिए ।
उनीहरुले ड्रिलिङ गर्न लागेको सो स्थानमा बसेका दुईजनाले थाहा पाएपछि पसलका मालिकलाई तत्काल खबर गरेका थिए । लगत्तै प्रहरीलाई खबर गरिएपछि उनीहरु पक्राउ परेका थिए । सबै यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए । त्यसपछि उनीहरु सुरक्षा गार्ड र ज्यालादारी कार्यमा पनि संलग्न हुँदै आएको बताइएको छ ।
गएको जुनमा उनीहरुले एक घरमा समेत चोरी गरेकोमा उनीहरुको साथबाट चार किलो चाँदी, ल्यापटप र मोबाइल फोन बरामद गरिएको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया