२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री ओली र डा. रुइतबिच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रसिद्ध आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतको भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी सम्बन्धमा उहाँले लेख्नुभएको छ, ‘बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें।’

आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको डा. रुइतको प्रेरणादायी अनुभवले आफूलाई ताजा महशुस गराएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : १४ बजे