२२ असार २०८२, आइतबार | Sun Jul 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मेयर नकर्मीको निधनको शोकमा आइतबार सार्वजनिक विदा



काठमाडौं, साउन ११ गते । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाकले सार्वजनिक विदा दिने भएको छ ।

काठमाडौं उपत्यका मेयर्स फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरका मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकाहरुमा सार्वजनिक शोक विदा दिने निर्णय गरेको हो। फोरमका सदस्य रहेका कीर्तिपुर नगरपालिकाका नगर प्रमुख नकर्मीको आज विहान निधन भएको थियो ।

लामो समयदेखि मृर्गौला रोगले पीडित नकर्मीलाई बिहीबार वीर अस्पतालको आइसीयूमा सारिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ४५ बजे