२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


काभा वुमन्स नेसन्स लिगको पहिलो खेलमा नेपाल र श्रीलंका बीच प्रतिस्पर्धा



काठमाडौं, ११ साउन २०८१ । काभा वुमन्स नेसन्स लिग भलिबलको खेलको तालिका र ट्रफी सार्वजनिक भएको छ । नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल सहित मध्य एसियाका ५ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । एनभिएका अनुसार नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानले प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपालले उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमै भारत र इरानबीच दोस्रो खेल हुनेछ ।

नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ४७ बजे