६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको नवगठीत केन्द्रीय समितिको बैठक श्रावण २७, २८, २९ र ३० गते बस्ने भएको छ ।

उक्त बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमापार्टीले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरिने छ ।

त्यस्तै वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीतितथा सम्बन्ध लगायतका विषयहरूमा अभिमुखीकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्य योजना तथा कार्यक्रम लगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ११ : ३९ बजे