२२ असार २०८२, आइतबार | Sun Jul 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिशूलीमा बेपत्ता बस खोज्ने क्रममा १९ किलोको चुम्बक हरायो



साउन १२ गते । सिमलताल स्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ । भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्ने क्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो ।

भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । असार २८ गते लेदो सहितको पहिरोले बगाएका दुई बस अहिले सम्म भेटिएका छैनन् ।

बसमा रहेका ६२ यात्रु मध्ये अहिले सम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ७ : ४४ बजे