६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नयाँ ठिमीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौँ, १३ साउन । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । आज राति सवा १ बजे तिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरे पछाडिबाट ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको भक्तपुर प्रहरीका निमित्त सूचना अधिकारी टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक शर्माका अनुसार तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा १ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको छ । टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सन्जिव थापा मगर घाइते छन् । उनको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।

प्रहरीले टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका वडा नं.६ बस्ने वर्ष २८ को राज कुमार राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ३३ बजे