६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


नेकपा एसको केन्द्रीय कमिटी बैठक सोमबार



काठमाडौं, साउन १३ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले राससलाई जानकारी दिनुभयो ।

पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताउनुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ४२ बजे