१० जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पेरिस ओलम्पिक २०२४ अन्तर्गत हालसम्म १० देशले जिते स्वर्ण पदक



पेरिस ओलम्पिक २०२४ अन्तर्गत हालसम्म १० देशले स्वर्ण पदक जितेका छन् । जापान र अष्ट्रेलियाले ४-४ स्वर्ण पदक जितेका छन् । दुई रजत र एक कास्य सहित जापानले ७ पदक जितेको छ ।

अष्ट्रेलियाले दुई रजतसहित ६ पदक जितेको छ । ३ स्वर्ण, ६ रजत र ३ कास्य सहित अमेरिकाले १२ पदक जितेको छ । फ्रान्स, कोरिया र चीनले पनि ३-३ स्वर्ण पदक जितेका छन् । यस्तै, इटली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्जेकिस्तानले १-१ स्वर्ण पदक जितेका छन् ।

नेपाली खेलाडीहरूले पनि जारी ओलम्पिकमा निराशाजनक प्रदर्शन गरेका छन् । आशा गरिएका खेलाडी पनि प्रारम्भिक चरणमै पराजित भएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : ३२ बजे