२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बंगलादेशमा प्रधानमन्त्री निवासभित्र तोडफोड



काठमाडौं । बंगलादेशमा जारी आन्दोलनका क्रममा हिजो प्रधानमन्त्रीको निवासमा घुसेका प्रदर्शनकारीले व्यापकरुपमा लुटपाट र तोडफोड गरेका छन् । सुरक्षाकर्मीले कुनै प्रतिरोध नगरेपछि उनीहरूले त्यहाँ दिनभर उपद्रव मच्चाएका थिए ।

ठूलो संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास नजिक आएपछि सेनाले सुरक्षा दिन नसक्ने अवस्था उत्पन्न भएको थियो । त्यसपछि प्रधानमन्त्री शेख हसिना निवास छोडेर भागिन् । उनलाई मोटरकेड र हेलिकोप्टरमार्फत निवासबाट बाहिर निकालिएको थियो । प्रधानमन्त्री बाहिरिएसँगै सेनाले पनि प्रदर्शनकारी समक्ष अघोषित आत्मसमर्पण गर्‍यो ।

हजारौंको संख्यामा प्रदर्शनकारी पर्खाल नाघेर प्रधानमन्त्री निवास गणभवनभित्र छिरेका थिए । धेरैको हातमा लाठी थियो । कसैले बंगलादेशको झण्डा बोकेका थिए । निवासभित्र छिर्नासाथै वितण्डा सुरू भयो । कोही झ्यालढोका र फर्निचरमा तोडफोड गर्न थाले । कोही टेबलमा चढेर उफ्रिए । कोही बेडरुममा पसेर पलङमा लमतन्न सुते । कोही फोटो र सेल्फीमा व्यस्त भए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ०५ बजे