काठमाडौं । टुकुचा छोपेर बनाइएको दरबारमार्ग(काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ पर्यो । त्यो भ्वाङमा खसेर एक प्रहरी इन्स्पेक्टर घाइते हुनुभएको छ ।
स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुग्नुभएको थियो । सो क्रममा उहाँ भ्वाङमा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
बूढाथोकीको निधार र हातमा चोट लागेको छ । उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उहाँको निधारमा टाँकासमेत लगाइएको छ । उहाँ अहिले डिस्चार्ज भइसक्नुभएको छ ।
प्रतिक्रिया