१६ असार २०८२, सोमबार | Mon Jun 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सुतिरहेको अवस्थामा सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर



घोराही, साउन ३० गते । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पले टोकेर गम्भीर घाइते इन्दुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको थियो । सुरुमा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा निको नभएपछि परिवारले अस्पताल लगेर उपचार गर्ने क्रममा इन्दुको मृत्युको भएको थियो ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पको टोकाइबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । सर्पले सुतेको समयमा इन्दुको टाउको र आश्माको दायाँ हातमा टोकेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ४९ बजे