विराटनगर । १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा झापा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका( ५ मा किशोरीलाई सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न एकजना फरार छन् ।
शुक्रबार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा(८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेको बताए । यस्तै अर्जुनधारा(८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया