६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


‘सबै वामपन्थी र माओवादी शक्ति एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छ’



काठमाडौँ, भदौ ८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गरेका छन् ।

नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्ति एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिराखेको बताए । उनले यसको परिणाम छिट्टै आउने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै जनमत माओवादीलाई पुनः प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।। उहाँले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए

“हामी सबैले सार्थक प्रयास गरेमा माओवादी जनमत फेरि फर्काउन सकिने विश्वास छ । केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु । आत्मविश्वासका साथ जनतामा गएर आत्मसमीक्षा गर्दा उल्लेखनीय परिणाम हासिल हुनेमा कुनै द्विविधा छैन, त्यसैले पार्टीको पक्षमा केन्द्रित भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गर्दछु”, अध्यक्ष प्रचण्डले भने ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ०७ बजे