रामेछाप, भदौ ९ गते । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएकामध्ये ६ जनाको लास भेटिएको छ ।
एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि शनिवार राति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र बाँकी ४ जनाको खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुलप्रसाद कँडेलले जानकारी दिए ।
अहिलेसम्म भीमबादुर थापामगरको घरमा पहिरोले पुरिएका दोरम्बा सैलुङ गाउँपालिका।–३ लेखर्ककी ३० वर्षकी चण्डिका श्रेष्ठ उनका १८ महिनाको बालक आमुष श्रेष्ठको लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
त्यसैगरी उर्मिला पहरीको घरमा पुरिएका घर धनी ५७ वर्षकी उर्मिला पहरीसहित ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको पनि लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया