२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व


महाराष्ट्रमा छत्रपति शिवाजीको प्रतिमा ढलेपछि मोदीको आलोचना



११ भदौ, काठमाडौं । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ ।

प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए । भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो । एक वर्ष नपुग्दै प्रतिमा ढलेर टुक्राटुक्रा भएपछि विपक्षी दलहरुले त्यसको गुणस्तर र अनावरण गर्ने मोदीको हतारोमा प्रश्न उठाइरहेका छन् ।

कांग्रेसले सामाजिक सन्जाल एक्समा भाजपा नेतृत्वको सरकार भ्रष्टाचार गरेको आरोप लगाएको छ । कांग्रेसले लेखेको छ, ‘भाजपा सरकारमा चरम भ्रष्टाचार छ । करिब ८ महिनापछि छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेको छ । हालत यस्तो छ कि भ्रष्टाचारको मामलामा महापुरुषहरुलाई पनि बाँकी राखिएको छैन ।’

उद्धव बालासाहेब ठाकेरे नेतृत्वको शिवसेनाका विधायक वैभव नाइकले यो घटनाको जाँच गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १० : ४२ बजे