६ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेकपा एसको पदाधिकारी चयनका लागि निर्वाचन हुँदै



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका निम्ति आज निर्वाचन हुँदैछ।

बिहान सात बजेदेखि नै विर्चानको प्रक्रिया अघि बढाईएको पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ। सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो।

पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार मंगलबार दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ। मंगलबारनै मतगणना थालिने जनाइएको छ।

यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ११ : ११ बजे