७ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा आफ्नो पहिचान झल्कने पोशाक लगाउन पाइने



काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ ।

अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो ।

गृहमन्त्रालय अन्तरगत रहेको विभागले एक परिपत्र जारी गर्दै फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने । फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोली, धार्मिक, सांस्कृति तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १० : ५५ बजे