६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


गृह मन्त्रालयमा टीआरसी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक



काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधिकारीसहित सम्मिलित बैठक बिहीबार बिहान ९ बजेदेखि सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन् ।
त्यसका साथै बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी लगायतको सहभागिता रहेको छ । यसअघि गृह मन्त्रालयमा संयन्त्रको बैठक बसेर विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएका थिए ।

आजको बैठकमा पूर्वकानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ११ : ०० बजे