६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो



आइतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ। मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।

अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणि जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिले टिका, प्रसाद ग्रहण गर्नुभएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : ०० बजे