६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


हात्तीलाई समेत भगाउने बाघ नियन्त्रणमा



चितवन, साउन २१ गते । चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार दिनभरको प्रयासपछि बाघ नियन्त्रणमा लिइएको छ । दिनभर फिल्डमा खटिनुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाघको डार्ट टिङ्कुलाइजर सफल भएको जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दिनभरको प्रयास र थप हात्ती ल्याएर घेराबन्दी गरेपछि बाघलाई डार्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले नियन्त्रणमा लिएको बाघ दुई मिटर ७७ सेन्टिमिटर लम्बाइको भाले बाघ भएको बताउनुभयो ।

आइतबार बिहान ५:२० बजे भरतपुर महानगर–२, बेलटाँडीका पशुपति श्रेष्ठलाई नारायणी नदी किनारमा बाघले आक्रमण गरेको थियो । आक्रमणपछि उक्त बाघ नजिकैको भरतपुर महानगर–१, नारायणगढ क्षेत्रको ढलको पानी प्रशोधनका लागि बनाएको नर्कट र केराको झाडीमा लुकेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : ५९ बजे