१ कार्तिक २०८२, शुक्रबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको भाउ घट्यो



नेपाली बजारमा आज आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ घटेर एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको भाउ प्रतितोला २५ रूपैयाँ घटेर एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार आठ सय २० रूपैयाँ थियो।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १२ : १५ बजे