२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पशुपतिनाथ क्षेत्रमा तिजको रौनक



काठमाडौँ, भदौ २१ गते। हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको भीड लागेको छ।

तिजमा पुरुषलाई प्रवेश निषेध गरिएको पशुपतिनाथ मन्दिरमा तिजको व्रत बसेका दिदीबहिनीको भीड लागेको हो।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार बिहीबार साँझदेखि नै सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गर्न थालिएको हो। शुक्रबार बिहानैदेखि आउने ब्रतालुको व्यवस्थापन राम्रो भइरहेको उहाँको भनाइ छ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ८ : २२ बजे