२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


क्यानडा र अमेरिका भ्रमणका लागि कन्सल्टेन्स कोच जगत टमाटा



२५ भदौ, काठमाडौं । क्यानडा र अमेरिकामा हुने लिग-२ को सिरिजका लागि जगत टमाटा कन्सल्टेन्ट कोच नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) नेपालले टमाटालाई कन्सल्टेन्ट कोच नियक्त गरेको हो ।

मंगलबार भएको बिदाइ कार्यक्रममा क्रिकेट संघका सचिव पारस खड्काले यो टूरका लागि टमाटालाई नियुक्ति गरिएको जानकारी दिए । उनले भने, ‘दीर्घकालीन रुपमा सहायक प्रशिक्षकबारे छलफल गरिरहेका छौं । यो टूरका लागि कन्सलट्यान्ट कोचका रुपमा जगत गुरुलाई नियुक्त गरिएको छ ।’

लिग २ अन्तर्गत क्यानडा भ्रमणमा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : ५२ बजे