२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


एकीकृत समाजवादी उपसभामुखको बचाउमा उभिने



काठमाडौं, भदौ २६ । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउन लागेकाले त्यसविरुद्ध उभिने निर्णय गरेको हो ।

प्रतिनिधि सभा बैठकमा सत्तारुढ सांसदहरुले उपसभामुख रानामगरले राजीनामा दिनुपर्ने बताइरहेका छन् । सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका छन् ।

तर एकीकृत समाजवादीले भने उपसभामुखको बचाउमा उभिने निर्णय गरेको हो । बैठकले आगामी ५ असोजमा काठमाडौंमा सन्देश सभा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनपछि पार्टी एकताबद्ध रहेको सन्देश दिन सभा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १० : २८ बजे