७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नारायणगढ-मुग्लिङ सडक दुईतर्फी सञ्चालन



चितवन । नारायणगढ-मुग्लिङ सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

आइतबार राती करिब ७ः२० बजे इच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भासिएको थियो ।

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : १४ बजे