५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


यूएन पार्कअगाडि भेटियो रुद्रमतीमा खसेको ट्याक्सी



३१ भदौ, काठमाडौं । आइतबार राति करिब साढे ८ बजेको समयमा रुद्रमतीमा खसेको ट्याक्सी आज यूएन पार्कअगाडि फेला परेको छ ।

बा. २. ज. १७९२ नं. हिजो काठमाडौं महानगरपालिका-२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट २ जना गोताखोरसहित खटिएको ११ जनाको टोलीले आज बिहान काठमाडौं महानगरपालिका-११, थापाथलीस्थित यूएन पार्कअगाडि उक्त ट्याक्सी फेला पारेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : १९ बजे