२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


आफ्नै पार्टीका उपमहासचिव मेटमणिलाई कारबाही गर्न झलनाथ खनालको माग



१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

एक टेलिभिजन अन्तर्वार्ताको क्रममा चौधरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता भूभागहरु भारतकै हुन् भनेर देशद्रोही अभिव्यक्ति दिएको भन्दै खनालले उनलाई कारबाहीको माग गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक ? यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो ।’

खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणिलाई कारबाही माग गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा उनको नाम भने उल्लेख गरेका छैनन् । खनालले ‘हाम्रो पार्टीका एक जना उपमहासचिव’ लेखेर विज्ञप्ति निकालेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १ : ०२ बजे