२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


जलवायु परिवर्तनको क्षतिपूर्तिको माग गर्दै माइतीघरमा प्रदर्शन



५ असोज, काठमाडौं । धनी राष्ट्रहरूसँग जलवायु क्षतिपूर्तिको माग गर्दै जलवायु अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

शुक्रबार माइतीघर मण्डलामा भेला भएर जलवायु अभियन्ताहरूले विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेको भन्दै क्षतिपूर्तिको माग गरेका हुन् ।

एसियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभ्लोपमेन्टको नेतृत्वमा पाकिस्तान, बंगलादेश, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया र फिलिपिन्समा एकै दिनमा प्रदर्शन भएको हो ।

एसियामा यी समन्वित परिचालनहरू न्युयोर्क सहरमा भविष्यको शिखर सम्मेलन (समिट फर द फ्युचर) र संयुक्त राष्ट्र सङ्घको महासभाअघि सञ्चालन गरिएको हो र यो ग्लोबल विक अफ एक्सन फर क्लाइमेट फाइनान्स एन्ड फोसिल फ्रि फ्युचरको एक हिस्सा हो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ५१ बजे