२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


ग्राहकलाई लुटपाट गरेको आरोपमा डान्सबार सञ्चालक सहित ३ जना पक्राउ



७ असोज, काठमाडौं । डान्सबार सञ्चालककै योजनामा ग्राहकमाथि लुटपाट भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखालका ३२ वर्षीय शरद तामाङ, काभ्रेकै नमोबुद्धका २१ वर्षीय कृष्ण तामाङ र नमोबुद्धकै २६ वर्षीय अजय तामाङ छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका शरद काठमाडौंको माछापाखेरीमा रहेको फ्लोरिडा डान्सबारका सञ्चालक रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए । उनकै योजनामा डान्सबारमा आएका ग्राहकमाथि लुटपाट भएको एसपी आचार्यले बताए

यो समूहले डान्सबारमा आएका ग्राहकहरुसँग अनुचित रकम लिने, नदिए कुटपिट र लुटपाटसम्म गरेको भन्दै ४ असोजमा प्रहरीमा निवेदन परेको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ३१ बजे