२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्य


विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ



९ असोज, काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् ।

उनीहरुले चक्कु देखाएर बनेपामा इटाली र जर्मनीका नागरिकका सामान लुटपाट गरेको आरोप प्रहरीले लगाएको छ । उनीहरुलाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ११ : ०२ बजे