१६ असार २०८२, सोमबार | Mon Jun 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राप्ती राजमार्ग तीन दिन अवरुद्ध



राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार त्यस क्षेत्रमा वर्षाका कारण पहिरो खसेको र कतिपय स्थानमा सडक दबिएका कारण सडक मर्मतको काम शुक्रवारदेखि सुरु भएको छ ।

ठुला सवारी साधन टिपर र ट्रक सञ्चालनमा मात्रै रोक लगाएको तर साना गाडी भने निर्बाध रुपमा सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राप्ती राजमार्गअन्तर्गत अमेलिया तुलसीपुर सडक खण्ड भने सञ्चालनमै छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ३२ बजे