२१ असार २०८२, शनिबार | Sat Jul 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु



शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडाैं प्रहरीका एसएसपी बसन्त रजाैरेले अरु केही हराईरहेकाे र खाेजी कार्य जारी रहेकाे बताए ।

भक्तपुरमा तीन जनाको मृत्यु भएको एसपी बेद विष्टले जानकारी दिए । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशसत्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ ।

अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खाेलाकाे बहाव खतराकाे तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुवानले ठूलाे धनमालकाे पनि क्षति भएपनि विवरण यकिन भइनसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ४५ बजे