२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपाली सेनाका दुई जनासहित पाँच बेपत्ता



माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँच जना बेपत्ता भएका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गार्ड पहिरोमा परेर बेपत्ता भएका हुन्।

अबिरल वर्षासँगै शनिबार दिउँसो माथिको भीरबाट पहिरो खस्दा उनीहरू नियन्त्रण कक्षमा रहेका थिए । आयोजनाको हेडवक्र्स क्षेत्रमा पहिरोले क्षतिगरेको र दुई सैनिकसहित पाँचजना सम्पर्कविहीन भएको आयोजनाले जनाएको छ । पहिरोले हेडवक्र्स क्षेत्रका संरचनाहरु क्षति गरेको छ । घटनास्थलसम्म सुरक्षाकर्मी पठाइसकेको प्रहरिले जनाएको छ ।

पहिरोले बाँधस्थलनजिकै नियन्त्रण कक्ष रहेको दुईतले घर पुरेको छ भने बालुवा थिग्ग्रयाउने पोखरी ९डिस्यान्डर० र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने नहर ९कल्भर्ट० मा पनि ठूलो क्षति पुर्याएको छ। पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुप्रिएको छ।

जलासयमा पानीको बहाव उच्च भएपछि माथिल्लो तामाकोशी आयोजनाको विद्युत उत्पादनसमेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरु खुला गरिएका छन् ।

आयोजनाले नेपाली सेनालाई पत्रचार गर्दै उद्धारको लागि अनुरोध गरेको छ। हेलिकोप्टर या अन्य उपायबाट उद्धारका लागि परियोजनाले अनुरोध गरेको हो । परियोजनाले जारी गरेको पत्रमा उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च परियोजनाले नै व्यहोर्ने पनि उल्लेख छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ५६ बजे