५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्य


माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न ‘हेल्प डेस्क’ राख्ने



काठमाडौँ, असोज १३ गते । नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेस्क राख्ने भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ।

माओवादीले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिले राहत कोषमा आर्थिक सहयोग जम्मा गर्ने, राहत र पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ।

बैठकले दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय गरेको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : ४१ बजे