२८ असार २०८२, शनिबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेश


नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका एक बालकको मृत्यु, तीन घाइते



असोज १७ गते । सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीमा बिहीबार बिहान ट्याक्टर खस्दा नहरमा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन जना बालक घाइते भएका छन् । बिहीबार बिहान साँढे सात बजे खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँदा नहरमा माछा मारिरहेका बालकहरूमाथि बजारिन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मुसैलीका दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको छ । रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

ट्याक्टर पल्टिँदा जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते दिनेश साहका अर्का छोरा १० वर्षीय आर्यन साहको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । दुर्घटनामा परेको ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ११ : २४ बजे