२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बन्दा, गाँजरको भाउ केही सस्तियो, यस्तो छ कालीमाटीमा आज तरकारीको भाउ



२ कात्तिक, काठमाडौं । अघिल्लो दिनको तुलनामा शुक्रबार तिते करेला र परवर किलोमा औसत १० रुपैयाँ घटेको छ ।

कालीमाटी होलसेल बजारमा बिहीबार तिते करेला प्रतिकिलो अधिकतम ८० रुपैयाँ रहेकोमा आज ७० रुपैयाँमा झरेको छ । त्यस्तै परवर ७० बाट ६० रुपैयाँमा झरेको छ ।

बन्दा, गाजर र स्थानीय काउली पनि केही सस्तिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार यस दिन बन्दा प्रतिकिलो अधिकतम ५० रुपैयाँमा कारोबार भएको छ । स्थानीय काउली १०० तथा गाजर ९० रुपैयाँमा कारोबार भएको छ ।

प्याज प्रतिकिलो अधिकतम १०५ रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ । समितिका अनुसार ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम १४०, सानो स्थानीय गोलभेँडा ९०, रातो आलु ९०, भारतीय रातो आलु ६० रुपैयाँमा कारोबार भएको छ ।
रातो मुला ५०, सेतो मुला ४०, लाम्चो भन्टा ४०, तने बोडी १३०, स्थानीय घिउ सिमी ७०, राजमा २००, टाटे सिमी ९०, लौका ५०, घिरौंला ८०, बरेला १००, इस्कुस ३०, भिण्डी ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ १४०, डल्ले च्याउ ३००, कुरिलो ५०० रुपैयाँ प्रतिकिलो छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ११ : १७ बजे