१२ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


लोकल बन्दा प्रतिकिलो ४५, प्याज ९९ रुपैँया, कालीमाटीमा आजको तरकारी भाउ कति छ ?



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज लोकल बन्दा प्रतिकिलो ४५ रुपैँया र भारतीय प्याज प्रतिकिलो ९९ रुपैँया रहेको छ ।

आज गोलभेंडाको मूल्य बढेर १४० रुपियाँ पुगेको छ । हिजो १३५ रुपियाँ रहेको गोलभेंडा ५ रुपियाँले बढेको हो ।

त्यस्तै, चमसुरको साग किलोमा १०० रुपियाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपियाँ पुगेको छ ।

यसदिन हरियो लसुन भने ५० रुपियाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपियाँ थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ५४ बजे