२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


तिहारमा कस्तो होला मौसम ? देशका केही स्थानमा पानी पर्ने सम्भावना



मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार पहाडी भूभागमा बदली र छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

यो अवधिमा स्थानीय वायुले वर्षा गराउन सक्ने प्रणाली पैदा गर्न सक्छ। सकारण पनि पर्वतमा असिनापानी खनिएझैं खण्डितरूपमा केहीकेही ठाउँमा त्यस्ता मौसमी घटना देखिन सक्छन्।

केही समयअघि बंगालको खाडीमा विकास भएको दाना चक्रवातको असर पनि नेपालको मौसमी प्रणालीमा देखिएको थियो। तर अहिले त्यसको प्रभाव क्षीण बनिसकेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो हप्ता मनसुन पूर्णरूपमा सफा हुने सम्भावना न्यून रहेको छ। तिहारमा वर्षाको सम्भावना देखिएको छ ।

अहिले पोस्ट मनसुनको एक महिनाको अवधिमा औसतभन्दा कमै वर्षा भएको छ।

असोज १५ देखि कात्तिक ९ गतेसम्म २० वटा मौसम केन्द्रहरूको औसत वर्षा अनुगमन गर्दा ५०।७ मिलिमिटर सञ्चित वर्षा भएको विभागले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : ०६ बजे