११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रविमाथि अनुसन्धान गर्न चौथोपटक म्याद थप, १३ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

योसहित रविलाई चार पटक म्याद थप गरिएको छ । चौथो पटक थपिएको म्याद अहिलेसम्मकै सर्वाधिक धेरै हो । यस अघि ७ देखि १० दिनसम्मको म्याद थप गर्दै अनुसन्धान अघि बढिरहेको थियो । प्रहरीले रविलाई २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : ०० बजे