३२ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कतार एयरवेजको दैनिक उडान भैरहवाबाट हुने



कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान भर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ ।

दोहाबाट २ बजेर ४५ मिनेटमा आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ ।

भैरहवामा उडान गर्ने कतार अब पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ३९ बजे