९ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अभियान्ता आशिका तामाङ पक्राउ



आफूलाई अभियन्ता भन्ने आशिका तामाङ पक्राउ परेकी छिन् । महानगरीय प्रहरी वृत्त गौशालाले अभद्र व्यवहारको निवेदनका आधारमा तामाङलाई पक्राउ गरेको हो ।

केही समय अघि,उनले सामाजिक सञ्जालमा आफूलाई पक्राउ गर्न प्रहरी आएको भिडियो राखेकी थिइन् । त्यसपछि भने उनी प्रहरीसँगै प्रहरी वृत्त गौशाला गएकी थिइन्।

पछिल्लो समय आशिकाले नेपालमा चर्चा बटुलिरहेकी छिन् । नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै आशिका जर्मनीबाट नेपाल आएकी थिइन् । तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएका थिए ।

केही दिन अघि मात्र अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा उनी पुगेकी थिइन्। सोही क्रममा त्यहाँका कर्मचारी र तामाङबीच वादविवाद भएको थियो । उक्त भिडियोले सामाजिक संजाल समेत तातेको थियो ।

तामाङको समुहले ‘राष्ट्रिय सचेत नागरिक अभियान’ नामक संस्था बनाएर ७७ जिल्लामा भइरहेका बेतिथिको भण्डाफोर गर्ने भन्दै सार्वजनिक आह्वान समेत गरेको थियो । यसैबीच, बुधबार प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४९ बजे