१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कांग्रेसले खोल्यो पोखरा महानगरको ताला



नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पोखरा महानगरमा लगाएको ताला खोलिएको छ । गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा स्थगित गरेको भन्दै उनीहरुले आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।

नगरसभा चाहिँ एमालेले बहिष्कार गरेपछि स्थगित गरिएको हो । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहितको उपस्थितिमा भएको बैठकबाट ३ बुँदामा सहमति गरेर ताला खोलिएको पोखरा ४ का सदस्य प्रकाश कोइरालाले जानकारी दिए ।

उनका अनुसार चालू नगरसभा माघ ११ गते दिनको १ बजे गर्ने सहमति भएको छ । मेयर आचार्यले १० गतेका लागि बैठक स्थगित गरेका थिए । यस्तै, सबै वडा कार्यालय, महाशाखा, शाखा लगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकेकोले आवश्यक निर्णय गर्ने सहमति भएको छ ।

रकमान्तर नहुँदा पोखराको पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प भएको गुनासो जनप्रतिनिधिहरूको छ । यसबाहेक पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू बिच २०८१ मङ्सिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित ७ बुँदे सहमति अक्षरशः पालना गर्ने र समग्र महानगरको शुसाशन र समृद्धिका लागि एकजुट भएर काम गर्ने सहमति भएको कोइरालाले सुनाए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ५८ बजे