संस्कृत साहित्यमा आचार्य र नेपालीमा स्नातकाेत्तर तह उत्तीर्ण गर्नुभएका कवि गाेविन्द गाेपाल खतिवडा प्रज्ञाद्याेतित सारस्वत कवि हुनुहुन्छ ।मुटुभित्र देश शीर्षकबाट प्रारम्भ गरेर पैताला शीर्षकमा पुगेर बिट मारेकाे अठसठ्ठी आेटा कविताकाे सङ्ग्रह हाे वासना कि उपासना?
चितवन साहित्य परिषद्ले प्रकाशन गरेकाे कविता सङ्ग्रभित्रका केही पदपङ्तिहरू यहाँ प्रस्तुत गरिएकाे छ ।यसबाट कविता सङ्ग्रहमा के कस्ता विषयवस्तुहरू रहेछन् भनेर बुझ्न सजिलाे हुनेछ । विक्रमकाे ७० देखि ८० सम्मकाे एकदशकमा देवघाटधामकाे आकाशमा तरङ्गित समष्टि चैतन्यकाे प्रतिबिम्ब हाे वासना कि उपासना । परमानन्द काव्यसरिताकाे आैपचारिक कार्यक्रमका बीचमा कविता सङ्ग्रह लाेकार्पण गरिएकाे छ ।आवरणकाे मानसराेवरदेखि अन्तिम कवितामा प्रयुक्त सागर शब्दले कविकाे ज्ञानकाे व्यापकक्षेत्रलाई सङ्केत गर्दछन् ।
तिम्राे आश्रयमा हलाहल पिई बस्छन् अझै शङ्कर ।
छन् मेराे मनमा सयाैँ विषहरू दुर्भाव वा मत्सर ।
पाेल्ने गर्दछ चित्तमा भतभती साह्रै असन्तुष्टिले ।
याे मेराे विष शान्त हुन्छ कहिले तिम्राे कृपादृष्टिले ।
याे स्वर्गीय कला बनाउँछ यहाँ कस्ताे कलाकारले ।
तान्याे चुम्बकले फलाम जसरी तिम्राे चमत्कारले ।( ए गाेसाईँकुण्ड)
तेराे याद बगेर जान्छ कि भनी सक्दैन आँखा रुन ।
धर्तीले बरु सास फेर्छ सुखकाे गाह्राे छ, आमा हुन ( वृद्धाश्रमकी आमा )
हेक्का राख, यहाँ चराचर जगत् तिम्राे सबै हाेइन ।
आफैँमात्र खुसी भएर जगमा अन्याय गर्छाै किन? ।
कस्ताे हुन्छ समुद्रले पसलमा पानी किनेकाे दिन ।
पृथ्वी तातिसक्याे यहाँ तर अझै तात्दैन मान्छे किन? ।ध्रुवे हात्तीकाे बयान)
हे इन्द्र ! ऐरावतमा चढेर
नेपालकाे कन्तबिजाेक हेर ।
चिरिन्छ तिम्राे मुटु पाेल्छ छाती ।
निदाउँदा ऐठन हुन्छ राती ( ।ए इन्द्र! )
तिमी वज्र हानेर चट्याङ पार्छाै
विना स्वार्थ याे सृष्टिलाई बिगार्छाै ।
परेकाे छ पानी डुबाएर धान
समाएर माथा रुँदैछन् किसान ।
तिमीले कतै नेत्र पाे चिम्लियाै कि
कि ता स्वर्गकाे भाेगमा अल्झियाै कि ? ( ए इन्द्र ! २ )
न चिनेर स्वयंलाई तिमी पुग्छाै कता कता
शब्दभन्दा अझै धेरै शक्तिशाली छ माैनता ।
तिमीमा टाँसिएकाे छ अविद्या वासना बनी ।
हुन्न ज्ञानविना मुक्ति लाखाैँ जन्म बिते पनि ।
पवित्रता र आस्थाकाे कस्ताे सुन्दर सङ्गम !
महर्षिकाे अझै उस्तै ऊर्जामय छ आश्रम ।( महर्षिकाे माधुर्य )
पिसिआार गरे सकिन्छ ढुकुटी भन्छन् प्रवक्ता तर
अर्बाैँ अाउँछ सर्प पाल्न कसरी नेताहरूकाे घर ?
काँडा च्वास्स बिझ्याे कतै मुलुकमा माटाे बिरामी भयाे ।
मैले बुझ्दिन साम्यवाद कसरी पिर्कै सलामी भयाे
एसीभित्र बसेर सुन्छ कसले हार्नेहरूकाे कथा !
छन् कार्पेट कराेडका महलमा भाेकै छ मान्छे यता ।।
याे सिंहासनले बुझेर कहिले सुन्ला अरूका कुरा ।( बिन्तीपत्र)
चम्चाकाे हुन्न सिद्धान्त दु: ख वा सुखमा पनि
फाइदा पाउँदा हुन्छ जसकाे मुखमा पनि
चम्चा नै विजयी हुन्छ ज्ञान हुन्छ पराजित ।द्राेणाचार्य कहाँ हाँस्थ्याे एकलव्यहरूसित ? ( चम्चा )
रित्ताे पेट निदाउने दुधमुखे नानीहरू छन् यहाँ ।
फाेटाे खिच्न भनेर राहत दिने दानीहरू छन् यहाँ ।
काेराेना पनि उफ्रिँदैछ सजिलै आकाशलाई छुन ।
क्वारेन्टाइनमा बस्याे कि अहिले नेपालकाे कानुन ।( विचरा देश )
गीत काेकिलकाे मैलाे, त्यहाँ संवेदना रुँदा
पूजारी झन् बढी मैलाै पैसा नै देवता हुँदा
फूलकाे वासना मैलाे वासना सत्य हुन्छ र ? मैलाेमा व्याप्त देखिन्छ याे संसार चराचर ।( व्यापक मैलाे )
तिमीले सुन्याै ? फूलले गीत गायाे ।
छरी धैर्यकाे भाव ढुङ्गा रसायाे ।
सुसेलेर केही भन्याे गण्डकीले
थियाे शान्त बाेली बुझेनन् कसैले ।( चुपचाप चुपचाप)
बाटाे कुर्छ पहाडले मधुरता राखेर पाेल्टाभरि डाँफेले धुन बिर्सिँदैन कहिल्यै फुट्ला बरु बाँसुरी !
ए धाैलागिरि ! नाचिदे छमछमि मर्काइदे कम्मर !
उस्तै लाग्छ मलाइ सुन्दर दुवै आमा र माेनालिसा ।
माटाेमा सुन उम्रिनेछ पसिना दाना चुहायाैँ भने ।
गाली गर्छ हिमालले पनि कतै आमा रुवायाैँ भने ( नेपाल मेराे घर )
जीवात्माकाे शिवसँग पुगी जाेडिने बिन्दु हाे याे ।
याे थुप्राे हाे परम सुखकाे ज्ञानकाे सिन्धु हाे याे ।( मालुङ्गा बिम्ब )
लकडाउन मान्दैन ढुक्कसँग उदाउँछ
सूर्यकाे जिन्दगी देख्दा ईष्या लागेर आउँछ ।
साँझसम्म यतै बस्छ राति जान्छ अमेरिका
तँ जस्तै मस्त भै बाँच्ने तरिका सूर्य लाै सिका ! ( लकडाउन )
खुट्टा फुट्दछ, हात फुट्छ, घरकाे आत्मीयता फुट्दछ ।
छाती फुट्छ सिसा बनेर मनमा ज्वालामुखी फुट्दछ ।
यस्ताे लाग्छ सबै फुटी प्रकृतिमा सङ्घीयता अाउँछ ।( जाडाे )
ए हावा ! तँ फकीर हाेस् अनि तँझैँ अर्काे म यायावर ।
उस्तै चञ्चलता उही तरलता बाटाे छ बेग्लै तर ।
तेरा चिन्तनका भयानक कला देख्दा डराउन्न म ।
रुन्चे गीत सुनाउँदै समयकाे हाँसाे उडाउन्न म ।
मैले बाँचिसकेँ अनन्त सुखकाे साैन्दर्यकाे जीवन ।
ए मेराे प्रिय मृत्यु ! आइज गराैँ क्यै बेर आलिङ्गन ।( मृत्युलाई चिठी )
मान्छे छ अग्लाे घरमा बिरानाे
सद्भावना वा ममता विराट
जलाउने गर्दछ अार्यघाट
गर्छे भुँडीले पनि राजनीति
गाँस्दै समाेसासित मात्रप्रीति ।( मूला काठमाडाैँ )
देश लागि सक्याे डुब्न कहिले बुद्धि आउँछ?
बरु बाँदरले राम्राे सरकार चलाउँछ ।
तिमीले खान छाेड्दैनाै देश नै लुटियाेस् तर
खान नै जन्मिएका हाै खाऊ खाऊ निरन्तर
बिरालाे दूधकाे भान्से अनाैठाे परिवेश छ ।माटाेकाे अस्मिताभन्दा मुर्रा भैँसी विशेष छ ।( कुरीकुरी सरकार कुरीकुरी )
पानी हाे बुद्ध , जाे हुन्छ तताए पनि शीतल ।
आमा हुन् बुद्ध, जसले दिन्छिन् जीवन निर्मल ।
हाम्राे भार सहेकाे छ , धर्ती हाे बुद्ध उर्वर
बुद्धकै बीचमा बस्छाैँ बन्दैनाैँ कहिल्यै तर ।
खल्ती राखेर कात्राेमा फुटाई न्यायकाे चुरा ।
गर्न सक्दछ मान्छेले कसरी बुद्धका कुरा ? ( बुद्ध )
गुन्डा पिटेझैँ सजिलै हिराेले मार्याे मलाई सजिलाे पिराेले ।
मिल्दैन मेराे कफ वात पित्त
दुर्भावनाले भरिएछ चित्त
याेगी सधैँ रम्दछ चेतनामा
अध्यात्मकाे सुन्दर सिर्जनामा ।।(याेग गराैँ न)
याे माेबाइलमा थिचेर खिइए आँखा र आैँलाहरू
भान्सामा बलिदानमा परिरहे फर्सी घिराैँलाहरू
रित्ताे लाग्दछ गण्डकी बगरमा आैँसी र एकादशी ।
ज्ञानी बन्न सयाैँ गिलास पिइयाे बेसारपानी पनि
नाङ्गाे नाच गरेर भाइरसले संसार जित्ला तर
चाैरासी नगरी म मर्दिन प्रभाे ! जे गर्न सक्छाै गर ।( यस्तै छ यार )
तिमीसँग नाफा र घाटाहरू छन् ।
सयाैँ लक्ष्य छन् लाख बाटाहरू छन् ।
म सम्झन्न तिम्राे कुरा एकरत्ति
म आफै पग्लने मैनबत्ती ।।( म )
जहाँ अन्याय देखेर न्याय आफैँ हराउँछ ।
त्याे बेला न्यायकाे लाैराे लिई बालेन अाउँछ ( म बालेन )
राम्राे म याे धराकाे अस्तित्वकाे विजेता
आकाश खस्छ मेराे टेकाे नभेटिए ता ।चाहेँ भनेँ म धर्तीलाई बदल्न सक्छु ।
उफ्रेर चन्द्रमामा अङ्गार दल्न सक्छु
अग्लाे हिमाललाई झ्वाट्टै उखेलिदिन्छु ।
ताराहरू समाई गुच्चा म खेलिदिन्छु ।।( अहङ्कार )
अाँखा बन्दछ निर्निमेष नजिकै पाएर सिद्धेश्वर
अन्तर्दृष्टि हुँदा हरेक कणमा भेटिन्छ सिद्धेश्वर
आफैँ मेटिन आउँदैछु अहिले दाैडेर सिद्धेश्वर ।( सिद्धेश्वर स्तुति )
जन्मिन्छन् कविता सयाैँ लेख्दै नलेखे पनि
अमा हुन् धरती र मन्त्र यसकाे हाे मातृदेवाे भव ।( माटाेकाे साैन्दर्य )
त्याे आध्यात्मिक भूमिभित्र सुखका लाखाैँ दियाे बल्दछन् ।
फल्दैनन् अमला परन्तु रुखमा सद्भावना फल्दछन्
त्यत्राे ताल सुक्याे त्यहाँ कमलका थुङ्गाहरू वैलिए ।
बाँकी यत्ति रहेछ ती दिन अहाे कस्ता उज्याला थिए ।( राइटर : भू. पू. यात्रामा )
जहाँ ढुङ्गा आए पनि तरलझैँ बन्छ सजिलै
नबाेल्ने हावाले पनि कवि भएँ भन्छ सजिलै
घृणाकाे ईर्ष्याकाे दनदन जहाँ बल्दछ चिता
स्वयंलाई भेट्ने उचित पल हाे काव्यसरिता ( काव्यसरिता )
मलाई कसरी चिन्छाै ? भाषामात्र म हाेइन
हीरामाेती र ढुङ्गामा देख्दैनाै भिन्न्नता किन ? ( संस्कृतकाे आत्मकथा )
यात्रीका साथ बाटाकाे सम्बन्ध पनि टुट्छ र ?
मेराे यात्रा तिमीसँग पुगी टुङ्गिन्छ ईश्वर ! ( ईश्वर )
हामी एक हुँदाहुँदै विविधता हाम्राे चिनारी भयाे ।
धेरै रङ्गहरू मिली प्रकृतिकाे याे फूलबारी भयाे ।( माटाे अनि माया )
छाती कापी अनि दिल कुची , कृष्णकाे काेर्छु चित्र
मेराे वृन्दावन छ मसितै , कृष्ण बस्छन् मभित्र ।(मीरा)
जप्दै मन्त्र झुकेर पुग्छ कहिले केदारकाे लेकमा
अाँखा चिम्मगरी हिँडे पनि कतै ठाेकिन्न मेराे मन ।
हावा चल्न नपाउँदा पनि यहाँ राेकिन्न मेराे मन ।( मनकाे यात्रा )
धूपी भन्दछ मित्र पर्ख रसिलाे संसार देखाउँछु ।
सल्लाे डाक्छ समीप भन्छ अहिल्यै आकाश टेकाउँछु ।
चुत्राे खान भनेर डाक्दछ अहाे खाई अघाउन्न म याे स्वर्गीय मजा र याे सुख कतै खाेजेर पाउन्न म ( रामकाेटसँग )
मेराे नजरले हेर्दा सृष्टि देखिन्न ईश्वर
तपाईँकाे उज्ज्यालाेमा मेराे अस्तित्व के छ र ?
शीतमा टेक्न चाहन्छु पुग्न चाहन्छु सागर
माटाेकाे अर्थ बिर्सेमा मेराे अस्तित्व के छ र ? ( पैताला )
प्रतिक्रिया