३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए



अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिएका छन् । ढकारी गाउँपालिका(८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएका हुन् ।

शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको छ। दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएका छन् ।

उनीहरू कमलबजार नगरपालिका(१० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा कक्षा आठमा अध्ययनरत थिए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : ३४ बजे