कृषि विकास बैंक कर्मचारी संघ, नेपालको ३५ औं स्थापना दिवसको अवसरमा मष्तिस्क पक्षघात स्वावलम्बन अभिभावक समूह कीर्तिपुरलाई सहयोग गरेको छ । संघको स्थापना दिवसको अवसरमा मानविय तथा सामाजिक कार्य अन्तर्गत मष्तिस्क पक्षघात स्याहार केन्द्रलाई शैक्षिक सामग्री, सहायता उपकरण तथा पोषण सामग्री वितरण गरेको हो ।
कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष छगेन्द्र आचार्यले संगठनका साथीहरुले रकम जम्मा गरी स्हाहार केन्द्रलाई केही हदसम्म भएपनि सहयोग होस भनेर सहयोग गरेको बताउनुभयो । संगठनमा आवद्ध कर्मचारीहरुले सो केन्द्रलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरका शैक्षिक सामग्री, सहायता उपकरण तथा पोषण सामग्री वितरण हस्तान्तरण भएको जनाएका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी तथा सदस्य, निवर्तमान अध्यक्ष लिला जिसीलगायतको सहभागिता रहेको हो ।
३० चैत्र २०८१, आइतबार
186
Shares
प्रतिक्रिया