८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


शिक्षा मन्त्रीबाट राजीनामा



शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको गरेको २० दिनसम्म सरकारले निकास दिन नसेको भन्दै राजनीनामा दिएकी हुन । नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीबाट राजीनामा आएको हो ।

मन्त्रिपरिषदबाट शिक्षकहरुको मागबारे आवश्यक निर्णय हुने अपेक्षा गरिएकै बेला बैठकको केहीबेर अघि उनले राजीनामा दिएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास पुगेर उनले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पत्र थमाएकी हुन् ।
आजको मन्त्रिपरिषद् बैठकले आन्दोलनको बारेमा के गर्छ भन्नेमा आम नाग।रिकमा चासो जागेको छ

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ५० बजे