१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कान्ति लोकपथ १५ दिन बन्द हुने



हेटौँडा, वैशाख १२ गते। हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द हुनेभएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द हुने जानकारी दिएको हो।

ठिङ्गन-बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द रहने उल्लेख छ।

वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जारी सूचनामा उल्लेख छ। सडक बन्द हुने अवधिमा काठमाडौँ-हेटौडा वा हेटौँडा-काठमाडौँ यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ४७ बजे